प्रदेश २ मा कोरोना संक्रमितको संख्या शुन्यमै झर्यो, संक्रमणबाट २ सय ९ जनाको मृत्यु
टुडेपाटी-
जनकपुरधाम, फागुन १९ गते ।
प्रदेश २ मा कोरोना संक्रमितको संख्या शुन्यमा झरेको छ ।
समाजिक विकासमन्त्रालयका अनुसार मंगलवार गरिएको ३३ जनाको स्वाब परिक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा १५, गजेन्द्र गजेन्द्र नारायाण सिंह सगरमाथा अस्पताल राजविराजमा ६ र सिरहामा १० वटा नमुना परिक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको समाजिक विकास मन्त्रालयका अधिकृत डा. कमलेश यादवले जानकारी दिए ।
उनका अनुसार प्रदेश २ मा हालसम्म १७ हजार १ सय ९८ जनाको रिपोर्ट पोजेटिभ आएकोमा १६ हजार ९ सय ६२ जना संक्रमणमुक्ता भएका छन् ।
Sponsored
पुष्टि भएका कोरोना संक्रमितहरुको संख्यामध्ये पुरुष १४ हजार १ सय ९६ र महिला ३ हजार २ जना रहेका छन् । हाल प्रदेशमा २ सय ३६ जना सक्रिय संक्रमित रहेको उनले बताए ।
यस्तै प्रदेशमा हालसम्म २ सय ९ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार सप्तरीमा ४१, सिरहामा २५, धनुषामा २५, महोत्तरीमा १८, सर्लाहीमा १४, रौतहटमा १०, बारामा २४, पर्सामा ५१ र एकजना भारतीय नागरिकको मृत्यु भएको छ ।
जसमध्ये पुरुष १ सय ६९ र ४० जना महिला रहेका छन् ।