वीरगञ्जबाट एक हुण्डी कारोवारी प्रहरीको फन्दामा
टुडपाटी-
बिरगंज , फागुन १८ गते ।
वीरगञ्जबाट एक हुण्डी कारोबारी पक्राउ परेका छन् । पत्राउ पर्नेमा भारत, पुर्वी चम्पारण जिल्ला मोतिहारी थाना सुगौली बस्ने बर्ष २५ को सोनु साह रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलिले आइतबार दिउँसो साढे घ बजे वीरगञ्ज महानगरपालिका १६ रजतजयन्ती चोक स्थित चेकजाँचको क्रममा उनलाई स्रोत नखुलेको नेपाली रुपैयाँ ३ लाख १२ हजार र भारतीय रुपैयाँ ५ हजार २ सयसहित पक्राउ गरेको हो ।
उनी चढेको बी.आर.२२ ए.आर.३६८६ नम्बरको मोटरासईकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका साहमाथि वैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन २०७३ विपरीतको कसूरमा मंगलबार पर्सा जिल्ला अदालतको आदेशले ५ दिनको म्याद थपी अनुसन्धन गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
Sponsored