TodayPati

पर्साबाट तीन जुवाडे प्रहरीको फन्दामा, १५ जुवाडे फरार

टुडेपाटी-
पर्सा, फागुन १८ गते ।

पर्साबाट तीन जुवाडे पक्राउ परेका छन् । अन्य १५ जुवाडे फरार भएका छन् ।
पक्राउ पर्नेमा

पर्नेमा बहुदरमाई नगरपालिका–९ का ४० वर्षीय गुरदेली साह, बाराको कलैया उपमहानगरपालिका–२३ का २३ वर्षीय जंगबहादुर साह र कलैया–१४ का ४० वर्षीय राजेश मेहता रहेको प्रहरीले जनाएको छ ।

Sponsored

बहुदरमाई–१ स्थित बासघारीमा जुवा खेलीरहेको गोप्य सूचनाको आधारमा पुगेको प्रहरी टोलीले घेरा हालेर उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

त्यस क्रममा १५ जनाभन्दा बढी व्यक्ति भने फरार भएका छन् । जुवाखालबाट एकलाख ७६ हजार ४१५ रुपैयाँ बरामद भएको छ ।

फरारहरुको खोजीकार्य भइरहेको पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *