TodayPati

सिरहामा सेनाको नि:शुल्क स्वास्थ्य शिविरमा करिब १ हजार सेवाग्राही लाभान्वित

टुडेपाटी-
जनकपुरधाम, फागुन १८ गते ।

सिरहाको नरहा गाउँपालिकामा आयोजना गरेको नि:शुल्क स्वास्थ्य शिविरबाट करिब १ हजार स्थानीय सेवाग्राही लाभान्वित भएका छन् ।

महाशिवरात्रि एवं सेना दिवसको अवसरमा जानकी मेडिकल कलेजको सहकार्य तथा नेपाली सेनाको आयोजनामा जनता वनवाली उच्च माध्यामिक विद्यालय बर्छवामा सञ्चालन गरिएको शविरबाट ५८२ महिला र ३७९ पुरुष गरी कुल ९६१ जनाले स्वास्थ्य उपचार सेवा पाएका हुन् ।

Sponsored

सेनाको २७ नंम्बर बाहिनी र बहादुर शेर गण २७ नं फिल्ड गुल्म आयोजक रहेको शिविरमा ३८ जनाको इसिजी, ४४ जनाको अल्ट्रासाउण्ड र ९२ जनाको मधुमेह (सुगर) परीक्षण गरिएको जानकी मेडिकल कलेजका प्रबन्ध निर्देशक श्रीप्रष्र्ट पाण्डेले जानकारी दिए । उक्त शिविरमा जिल्ला स्वास्थ्य कार्यालय, जनता वनवाली उच्च माध्यामिक विद्यालय, सगरमाथा आँखा अस्पताल र जानकी मेडिकल कलेज धनुषाले सहयोग पु¥याएका थिए ।
शिविरमा ४१२ जनाको विस्तृत स्वास्थ्य परीक्षण, १८६ जनालाई बालरोग र ८८ लाई स्त्रीरोग तथा ४० जनालाई इएनटीसेवा उपलब्ध गराइएको पाण्डेले बताए । शिविरमा १०५ जनाको आँखा परीक्षण र ३२ बिरामीको सर्जरी तथा ९८ इन्टरनल मेडिसिन गरिएको पाण्डेको भनाइ छ ।

प्रधानसेनापति कमाण्ड मार्ग निर्देशनमा उल्लेखित नागरिक र सेनाबीचको सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त शिविरको बाहिनीपति हेमराज केसीले शुभारम्भ गरेका थिए । मध्यपूर्वी पृतनापति सुरेशकुमार कार्कीले स्वास्थ्य परीक्षण गर्न आएका स्थानीयवासीसँग अन्तरक्रिया गरेको उक्त शिविरबाट उपलब्ध गराइएको गुणस्तरीय सेवाको गाउँपालिका अध्यक्ष रामशरण यादव, प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेललगायतले खुलेर प्रशंसा गरे ।

जिल्ला अस्पताल सिरहाका २ जना चिकित्सक, जानकी मेडिकल कलेजका ६ जना चिकित्सक ५ जना नर्स , सगरमाथा आँखा अस्पातलका एक चिकित्सक, स्थानीय एक र गुल्मका एक विशेषज्ञ चिकित्सकसहितका स्वास्थ्यकर्मीको टोलीले शिविरमा सेवा पु¥याएका थिए । शिविरमार्फत स्थानीयवासीलाई समेत पाँच लाख बराबरको औषधि वितरण गरिएको जानकी मेडिकल कलेजका प्रबन्ध निर्देशक श्रीप्रष्र्ट पाण्डेले जानकारी दिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *