TodayPati

८ लाख कमिसन लिएका अध्यक्ष राउतलाई पक्राउ गर्न माग गर्दै बटेश्वर गाउँपालिकामा तालाबन्दी

टुडेपाटी-

जनकपुरधाम, फागुन १८ गते ।

कमिसन बापत लिएको ८ लाख रुपैँया गाडीबाट फालेर फरार भएका बटेश्वर गाउँपालिका अध्यक्ष डम्बर बहादुर राउतलाई पक्राउ गर्न माग गर्दै गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरी स्थानीयहरु धर्नामा बसेका छन् ।

Sponsored

विभिन्न पार्टीका स्थानीय नेता तथा कार्यकर्ता सहित, नागरिक समाज तथा त्यहाँका सर्वसाधारणले भ्रष्ट अध्यक्षलाई पक्राउ गर्न माग गर्दै गाउँपालिकामा तालबन्दी गरेका हुन् ।

बटेश्वर गाउँपालिकाका हरेक योजनामा अध्यक्ष राउतले व्यापक कमिसन लिएको आरोप लगाउँदै उनीहरुले हरेक विकासे योजनाको फाइल नियन्त्रणमा लिई अख्तियारलाई थप अनुसन्धान गर्न समेत माग गरेका छन् ।

एउटै योजनाको अन्तिम भुक्तानमीमा मात्र ८ लाख रुपैँया बढी कमिसन लिएको आरोप लगाउँदै तालाबन्दी गरेका युवाहरुले सबै योजनामा ठेकेदार, उपभोक्ता समिती तथा कर्मचारीलाई थर्काउँदै व्यापक कमिसन अशुल गरेको आरोप लगाएका छन् ।

Sponsored

कमिसनबाटै आफन्तको नाउमा करडौँ रुपैँया बराबरको जग्गा, घडेर तथा घर ठडयाएको धर्नामा बसेकाहरुले दावी गरे ।

बटेश्वर गाउँपालिका अध्यक्षको गाडीबाट ८ लाख घुस बरामद, अध्यक्ष फरार, गाडी र चालक पक्राउ

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *