TodayPati

बटेश्वर गाउँपालिका अध्यक्षको गाडीबाट ८ लाख घुस बरामद, अध्यक्ष फरार, गाडी र चालक पक्राउ

शैलेन्द्र क्रान्ति –
जनकपुरधाम, फागुन १७ गते ।

बटेश्वर गाउँपालिका अध्यक्ष डम्बर बहादुर राउतको गाडीबाट ८ लाख रुपैयाँ घुस बरामद भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान अायोगको केन्द्रीय कार्यालय टंगालको टोलिले ८ लाख रुपैयाँ घुस रकमसहित गाडी र चालक वीरबहादुर मगरलाई नियन्त्रणमा लिएको छ ।

Sponsored

गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउत भने गाडबाट कुदेर फरार भएका छन् ।

गाउँपालिका अन्तर्गतको विकासे योजनाको कामको भुक्तानी दिन उक्त रकम कमिसन लिएको अवस्थामा अख्तियारको टोलिले उनलाई पछ्याएको थियो ।

फरार गाउँपालिका अध्यक्ष राउतको खोजीकार्य भइरहेको जनाएको छ ।

Sponsored

गाउँपालिका अध्यक्ष डम्बर बहादुर राउत

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *