TodayPati

पर्सामा ३ करोड ३० लाखको कपाली तमसुक बनाई ठगी गर्ने लेखनदाससहित २ जना प्रहरीको फन्दामा

टुडेपाटी-
वीरगञ्ज, फागुन १७ गते ।

पर्सामा ३ करोड ३० लाखको कपाली तमसुक बनाई ठगी गरेको आरोपमा २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका ३० प्रसोतीपुर बस्ने दीपेन्द्र यादव र बाराको विश्रामपुर बरैनिया घर भएका लेखनदास शैलेन्द्र त्रिपाठी छन् ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० लालपर्सा निवासी ७० वर्षीय मुनि राउत अहिरलाई ललाई फकाई ३ करोड ३० लाख रुपैयाँको कपाली तमसुक बनाई ठगी गर्ने दुवैजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।

Sponsored

अवैध कपाली तमसुक बनाउने गिरोह मध्येका अन्य केही व्यक्तिहरू फरार रहेको र उनीहरूको खोजी भइरहेको प्रहरी उपरीक्षक पाण्डेले बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *