TodayPati

झा दम्पती बेपत्ता प्रकरण : सडकमा पनि रगतको छिटा, हत्याको आशंका

टुडेपाटी-
जनकपुरधाम, फागुन १४ गते ।

बेपत्ता माहोत्तरीको पीपरा गाउँपालिका ५ सहोडबाका झा दम्पतको अवस्था अझै अज्ञात रहेको छ । प्रहरीले तिव्रखोज र अनुसन्धन गर्दा समेत झा दम्पती बेपत्ताको विषयमा प्रहरीले कुनै तथ्य फेला पार्न सकेको छैन ।

गएको सोमबार राति विवादित जग्गाको मुद्दामा अदालतमा साक्षी बसेका सहोडवाका ६५ वर्षीय मोसाफिर झा र उनकी श्रीमती ६० वर्षीय गीतादेवी झा ओछ्यानसहित बेपत्ता भएका थिए । राति खाना खाएर छुट्टा छुट्टै कोठामा सुतेका झा दम्पति बिहान ओछ्यान र ओढ्ने लुगासहित बेपत्ता भएका छन् ।

Sponsored

गीतादेवीको सुत्ने ठाउँमा रगतको छिटा फेला परेपछि घटना शंकास्पद बनेको छ ।
यसै क्रममा शुक्रबार बिहान सडक पानीले पखाल्दा रगतको छिटा जस्तो दागहरु देखिएको छ ।

शुक्रबार बिहान बेपत्ता झाको घर अगाडीको सडक पानीले पखाल्दै महोत्तरीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले रगत जस्तै देखिएका दागहरु फेला पारेको बताएका छन् । झाको घरबाट झण्डै १५ मिटर परसम्म रगत जस्तैदेखिने दागका छिटा देखिएको हो ।

‘रगत जस्तै दागहरु देखिन्छ । तर रगत हो वा होइन भन्ने परिक्षणपछि मात्र भन्न सकिन्छ’ उपरीक्ष केसीले भने ‘झा दम्पतिको अवस्था पत्ता लगाउन हामी दिनरात विभिन्न काणहरुबाट अनसन्धन गर्दैछौं ।’ प्रहरी उपरीक्षक केसीले भने ।

Sponsored

अनुसन्धनको लागि प्रहरीले तीनजनालाई नियन्त्रणमा लिएको छ भने दर्जनभन्दा बढीसंग सोधपुछ गरिसकेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
सडकमा समेत रगतको छिटा जस्तै दागदेखिएपछि घटना झन् रहस्यमय बन्दै गएको छ ।
बेपत्ता भएको कोठामा र सडकमा समेत रगतको छिटा फेला परेपछि स्थानीयले दम्पतीको हत्या नै भएको हुन सक्ने आशंका गरेका छन् ।

मालपोतका अवकाश प्राप्त कर्मचारी बेपत्ता भएका मोसाफिर महोत्तरीको लोहारपट्टी नगरपालिकाको बगराका रामजी भन्ने व्यक्तिको झण्डै ५ विघा मोहियानी जग्गा विवाद मुद्दामा साक्षी बसेका छन् । बुहारी उषाका अनुसार सो मुद्दाको मंगलबार महोत्तरी जिल्ला अदालतमा पेसी तोकिएको थियो । तर सोमबार राति नै श्रीमान श्रीमती अपहरणमा परेकी छन् ।

पाँचदिनसम्म समेत झा दम्पतीको अवस्था फेला नपरेपछि घरपरिवारसहित गाउँले शोकमा डुब्नुका साथै त्रसित बनेका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *