झा दम्पती बेपत्ता घटनाको अनुसन्धान पूरा नहुँदै महोत्तरीका सिडीओ र एसपीको सरुवा
टुडेपाटी
जनकपुरधाम, फागुन १४ गते ।
महोत्तरीमा रहस्यमय तरिकाले बेपत्ता भएका झा दम्पतिको घटना अनुसु्न्धान पुरा नहुँदै प्रमुख जिल्ला अधिकारी (सीडीओ) र प्रहरी प्रमुख (एसपी)को सरुवा भएको छ ।
गृम मन्त्रालयले महोत्तरीका प्रमुख जिल्ला अधिकारी केशव प्रसाद विमली र प्रहरी प्रधान कार्यालयले महोत्तरीका एसपी टीका बहादुर केसीको सरुवा गरेको हो ।
सीडीओ विमलीको सरुवा गृह मन्त्रालय सिंहदरबारमा भएको छ भने एसपी केसीको सरुवा काठामाडौं उपत्यका प्रहरी कार्यालय अन्वेषण योजना तथा विकास शाखामा भएको हो ।
गृह मन्त्रालयले शुक्रबार गरेको ५२ प्रमुख जिल्ला अधिकारीको सरुवाको लिस्टमा विमली र ११ जना एसपी सरुवाको लिस्टमा केसी परेका हुन् ।
विमलीको ठाउँमा महोत्तरीको प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराई आउन लागेका हुन् । उनी जिल्ला प्रशासन कार्यालय गोरखाबाट सरुवा भई महोत्तरी आउन लागेका छन् ।
Sponsored
यस्तै एसपी केसीको ठाउँमा महोत्तरी जिल्ला प्रहरी कार्यालयमा उनको ठाउँमा महोत्तरीको एसपीमा दिनेश कुमार आचार्य आउँदै छन् ।
आचार्य नेपाल प्रहरी प्रधान कार्यालय कार्य एवं अपराधन अनुसन्धान विभाग सुरक्षा व्यवस्थापन महाशाखा नक्साल काठमाडौंबाट जिल्ला प्रहरी कार्यालय महोत्तरीमा सरुवा भएर आउन लागेका हुन् ।
पाँचदिनदेखि घरबाट ओछ्यानसहित बेपत्ता भएको झा दम्पतिको घटनाले जिल्लामा त्रास फैलिएको छ । तर उक्त घटनाको तथ्यसम्म नपुग्दै भएको सीडीओ र एसपीको सरुवाले अनुसन्धान प्रभावित हुने आशंका गरिन थालिएको छ ।