TodayPati

धनुषाबाट २५ लाख रुपैँया सहित दुईजना प्रहरीको फन्दामा, भाग्न खोज्दा यसरी समातिए

टुडेपाटी-

जनकपुरधाम, फागुन १२ गते ।

स्रोत नखुलेको २५ लाख बढी रुपैँया सहित धनुषाबाट दुईजना पक्राउ परेका छन् ।

Sponsored

भारतबाट पैसा बोकेर मोटरसाइकलमा सवार भइ आउँदै गरेका एकजना भारतीय नागरिक सहित दुई जनालाई नगराइनबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

पक्राउ पर्नेमा विहार राज्य मधुवनी जिल्ला ग्राम पंचायत पिप्रौन बस्ने २४ वर्षीय सुमित कुमार यादब र नगराईन नगरपालिका वडा नं. २ स्थित कपडा तथा कस्मेटिक पसल संचालन गर्दै आएका महोत्तरीको लोहारपटृी नगरपालिका वडा नं.५ का संजय कुमार साह रहेका छन् ।

प्रहरीका अनुसार नगराईन नगरपालिका वडा नं.२ स्थित जटही बोर्डरमा चेक प्वाईन्ट थापि चेकजाँच गरी रहेको अवस्थामा भारतबाट सवार भइ आउँदै गरेका यादवलाई मोटरसाइकल रोक्न भनेपछि भागेका थिए ।

Sponsored

सोही क्रममा उनलाई पिछा गर्दै जाँदा नगराइन चोकमा रहेकोे साहको पसलमा बसेको अवस्थाबाट दुबैजनालाई पक्राउ गरेको प्रहरी नायव उपरिक्षक मकेन्द्र मिश्रले बताए ।

उनका अनुसार साहले बोकेको व्याग खानतलाशी गर्दा सो व्याग भित्रबाट एक हजार दरको नोट एक सय थान भएको १६ बण्डल र पाँच सय दरको नोट १०० थान भएको १९ बण्डल गरी जम्मा नगद रु. पचीस लाख पचास हजार बरामद भएको छ ।

पक्राउ गरेका दुबैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखि आवश्यक अनुसन्धान कार्य भैरहेको प्रहरी नायव उपरिक्षक मिश्रले बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *