TodayPati

प्रधानमन्त्री ओलीले राजीनामा नदिने, भावी रणनीति बनाउन ११ बजे स्थायी कमिटी बैठक बोलाए

टुडेपाटी-

काठमाडौँ, फागु १२ गते ।

प्रतिनिधिसभा पुनःस्थापनापछि काम चलाउ प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाभित्र हलचल पैदा भएको छ ।

Sponsored

ओली समुहका नेताहरु निरास भएका छन् । तर अब प्रधानमन्त्री ओलीको अगामी कदम के हुनेबारे चौतर्फी चासोको विषय बनेको छ ।

प्रधानमन्त्री ओलीले यसैबीचमा आज विहान ११ बजे स्थायी कमिटी बैठक बोलाएका छन् । सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरिदिएपछिको परिस्थितिबारे छलफल गर्न ओली समूहको बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरिदिएकी थिइन् ।

Sponsored

मंगलबार सर्वोच्च अदालतले ओलीको कदम असंवैधानिक ठहर गर्दै संसद पुनर्स्थापनाको फैसला गरेको थियो ।

यससँगै ओलीसँग पदबाट राजीनामा दिने वा संसदमा बहुमत सावित गर्ने दुई विकल्प छन् । तर संसदमा ओली पक्षको बहुमत पुग्दैन ।

यद्यपि ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले राजीनामा नदिने र संसदको सामना गर्ने प्रतिक्रिया सार्वजनिक गरेका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *