प्रचण्ड–माधव पक्षले ६८ जिल्लाको अध्यक्ष र सचिवको टुंगो लगायो, प्रदेश २ बाट यी नेताहरु चुनिए
टुडेपाटी-
जनकपुरधाम, फागुन १० गते ।
प्रचण्ड–माधव नेपाल पक्षले ६८ वटा जिल्ला कमिटीको नेतृत्व (अध्यक्ष र सचिव) को टुंगो लगाएको छ ।
बाँकी जिल्ला कमिटीको नेतृत्वबारे छलफल भइरहेको नेकपाले जनाएको छ । त्यस्तै जिल्लाको इन्चार्ज र सह इन्चार्ज पनि छान्न बाँकी रहेको छ ।
तत्कालीन नेकपामा ७७ वटा भूगोलका जिल्ला कमिटीबाहेक महानगर कमिटी र थप विशेष जिल्ला कमिटी गरेर ८३ वटा जिल्ला सरहका कमिटी रहेका थिए ।
अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको कार्यदलले तयार पारेको मापदण्डका आधारमा ५०–५० प्रतिशतले संगठनलाई पूर्णता दिने सहमतिअनुसार ६८ वटा जिल्ला कमिटीको नेतृत्वले पूर्णता पाएको हो ।
प्रचण्ड–नेपाल समूहले जिल्लामा इन्चार्ज, सह इन्चार्ज, अध्यक्ष र सचिव रहेको पदाधिकारीको प्रस्ताव गरेको छ ।
Sponsored
जसअनुसार एउटा पक्षले अध्यक्ष लिएको जिल्लामा अर्को पक्षले सचिव पाएको छ ।
जस अनुसार प्रदेश २ को सप्तरीको अध्यक्षमा उमेश यादव, सिरहामा रामकुमार यादव, धनुषामा सुधिर प्रसाद साह, तुलसी ढुंगाना, सर्लाहीमा रेवती पन्त, रौतहटमा कमल यादव, बारामा छत्रबहादुर श्रेष्ठ र पर्सामा बालगोपाल थापालाई चयन गरिएको छ ।
यस्तै सप्तरीको सचिवमा गोविन्द न्यौपाने, सिरहामा प्रमोद यादव, धनुषामा दिपक यादव, महोत्तरीमा सरोज यादव, सर्लाहीमा कमल बुढाथोकी, रौतहटमा देवेन्द्र पटेल, बारामा सुन्दर विश्वकर्मा र पर्सामा विजय महतोलाई जिम्मेवारी दिइएको छ ।