बाराको आरती वनस्पति उद्योगमा लागेको आगो झण्डै १६ घण्टापछि नियन्त्रणमा
टुडेपाटी-
बारा, फागुन १० गते ।
बाराको जीतपुर-सिमरा उपमहानगरपालिका-९ स्थित आरती वनस्पति उद्योगमा लागेको आगो झण्डै १६ घण्टापछि नियन्त्रणमा आएको छ ।
आइतबार साँझ ७ः३५ बजेबाट लागेको आगो सोमबार बिहान ११ बजेतिर मात्रै नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
८ वटा दमकलको प्रयोगमा आगो निभाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
वीरगञ्ज महानगरपालिकाका ३ वटा, हेटौंडा, जीतपुरसिमरा, कलैया उपमहानगरपालिका, कोहल्वी नगरपालिका, नेपाल आयल निगम अमलेखगञ्जका एक-एक गरी ८ वटा वारुणयन्त्र र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो ।
ज्वलनशील पदार्थ हुने उद्योगमा आगलागी भएकोले आगलागी नियन्त्रणमा लिन समय लागेको हो ।
Sponsored
आगलागीबाट कतिको क्षति भएको हो भन्ने विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।