सप्तरीमा मामाको बिहेमा आएका बालकको नालामा डुबेर मृत्यु
टुडेपाटी-
सप्तरी, फागुन ९ गते ।
सप्तरीमा मामाको बिहेमा आएका एक बालकको नालामा डुबेर मृत्यु भएको छ ।
भारतको बिहार राज्य अन्तर्गत सुपौल जिल्लाको गिदरमारी बस्ने बिनोद मेहताका अढाई वर्षीय छोरा राजेश रहेका छन् ।
बालक अभिभावकसंग मामाको बिहेमा सहभागी हुन मावलीघर सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १भारदह आएका थिए ।
आइतबार दिउँसो मामाको घर पछाडि रहेको धाराको पानी जम्ने खाल्डोमा डुबेर ती बालकको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।
मृतक बालकको शवलाई पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज ल्याइएको र अन्य अनुसन्धान भइरहेको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी भुवनेश्वर साहले जानकारी दिए ।
Sponsored