प्रदेश २ प्रमुख झाले गरे पदभार ग्रहण, राज्यमन्त्रीले गरे स्वागत
टुडेपाटी-
जनकपुरधाम, फागुन ९ गते ।
प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख डा.राजेश झा ‘अहिराज’ले पदभार ग्रहण गरेका छन् । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डाबाट प्रदेश २ प्रमुखमा नियुक्त भएका झाले आइतबार जनकपुर आएर पदभार ग्रहण गरेका हुन् ।
मधेशव भवन परिसर भित्र रहेको प्रदेश प्रमुखको कार्यालयमा उनले दभार ग्रहण गरेका छन् ।
गएको शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले तिलक परियारलाई पदमुक्त गरी झालाई प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन् ।
प्रदेश प्रमुख भएर पहिलो पल्ट जनकपुर आउँदा झालाई प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री सरोजसिंह कुशवाहाले स्वागत गरेका छन् ।
यसअघि तिलक परियार प्रदेश प्रमुख भएर आउँदा जनकपुर विमानस्थलमै पुगेर जसपा अध्यक्ष उपेन्द्र यादव, मुख्यमन्त्री लालबाबु राउत, मन्त्री तथा राज्यमन्त्री लगायतले भव्य स्वागत गरेका थिए ।
Sponsored
प्रदेश प्रमुखबाट परियारलाई हटाएर झालाई नियुक्त गरेपछि प्रदेश २ सरकार असन्तुष्ट बनेको छ । त्यसै कारण राज्यमन्त्रीले नै झालाई स्वागत गरेका छन् ।
जनकपुर विमानस्थलमा नेकपा ओली पक्षका नेता कार्यकर्ता भने नवनियुक्त प्रदेश प्रमुख झालाई भव्य स्वागत गरेका छन् । ५१ किलाको फूलको मालासहित नारा लगायतर झालाई स्वागत गरेका छन् ।
प्रदेश प्रमुखको कार्यालयमा पदभार ग्रहण गर्न पुग्दा उनलाई कार्यालयका कर्मचारीहरुले स्वागत गरेका छन् ।
पदभार ग्रहण गर्दै प्रदेश प्रमुख झाले विविधतालाई अवसरको रुपमा लिएर अनुशासन, इमान्दारिता र माटोप्रति प्रेम कायम राख्दै प्रदेश नं. २ लाई उदाहरणीय बनाउने काममा बल पुर्याउने प्रतिवद्धता गरेका छन् ।