TodayPati

जेल र जरिवाना सजाय पाएका प्रदेश २ का सांसद दिलिप साहले पाए आममाफी

टुडेपाटी-

जनकपुरधाम, फागुन १० गते ।

प्रदेश २ का प्रदेशसभा सदस्य दिलिप कुमार साहले आममाफी पाएका छन् ।

Sponsored

बहुविवाह मुद्दामा दोषी ठहर भएका उनले एकदिन पनि कैद भुक्तान नगरी आममाफी पाएका हुन् ।

उनी सत्तारुढ दल नेकपाको तर्फबाट सिराहा–४ (क) का सांसद हुन् ।

श्रीमती संगीतादेवी यादवले दिएको मुद्दामा उनलाई जिल्ला अदालत धनुषाले एक वर्ष कैद र पाँच हजार जरिवानाको फैसला सुनाएको थियो ।

Sponsored

उच्च अदालतले समेत फैसला सदर गरेको थियो ।

३ जेठ ०७२ मै उनलाई अदालतले दोषी ठहर गरेकोमा हालसम्म उनी एक दिन पनि जेल बसेका छैनन्, बरु राजनीतिक पहुँचका आधारमा उन्मुक्ति पाएका छन् ।

बहुविवाहमा सजाय पाएकालाई राज्यले पनि माफी दिन नपाइने कानुन थियो ।

तर, नेकपा नेता साहलाई आममाफी दिन सरकारले फौजदारी कसुर (कैद कट्टा) नियमावली नै संशोधन गरेको छ । त्यससम्बन्धी अपराधमा जेल परेका ८४ जना पनि सँगै छुटेका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *