TodayPati

प्रजातान्त्र दिवसमा सप्तरी कारागारका १० कैदीको सजाय मिनाहा, आजै घर फर्किए

शुभ नारायण यादव-
सप्तरी, फागुन ७ गते ।

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राजविराज कारागारका १० जना कैदीको कैद सजाय मिनाहा भएको छ । सप्तरीस्थित राजविराज कारागारका निमित्त जेलर संजयकुमार रामका अनुसार राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सरकारले उनीहरुको कैद मिनाहा गरेको हो ।

कैद मिनाहा पाउनेहरुमा बहुविवाह, सवारी ज्यान, कर्तव्य ज्यान लगायत मुद्दाका कैदीबन्दीहरु छन् । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैद सजाय माफी गरेकी छन् ।

Sponsored

प्रशासन कार्यालय र कारागार शाखाको सिफारिसमा असल चरित्र भएका, कारागारको मापदण्ड पूरा गरेका कैदीलाई सजाय छुट दिने व्यवस्था र मापदण्ड अनुरुप उनीहरुको कैद सजाय मिनाहा भएको हो ।

मिनाहा गरिएका कैदीहरुलाई आजै रिहा गरिएको उनले बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *