TodayPati

प्रदेश २ का प्रदेश प्रमुख परियार पदमुक्त, नयाँ राजेश झा नियुक्त

टुडेपाटी-
जनकपुरधाम, फागुन ७ गते ।

सरकारले प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झालाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा २ बमोजिम रौतहट निवासी झालाई प्रदेश २ को प्रमुखमा नियुक्त गरेको हो ।

त्यस्तै आज भर्खरै सरकारले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेको छ ।

Sponsored

मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुख परियारलाई पदमुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले बताएका छन् ।

नेपालको संविधानको धारा १६५ मा प्रदेश प्रमुखको पद रिक्त हुने अवस्थाबारे उल्लेख गरिएको छ । जसअनुसार उपधारा (१) को (ख) प्रदेश प्रमुखको पदावधि समाप्त भएमा वा सो अगावै राष्ट्रपतिले निजलाई पदमुक्त गर्न सक्ने उल्लेख गरिएको छ ।

परियार तत्कालिन माओवादीको भातृ संगठन दलित मुक्ति मोर्चाको अगुवा रहेका थिए । पार्टीको सचिवालय सदस्य पनि रहेका परियार अन्तरिम व्यवस्थापिका संसदमा सांसद भएका थिए ।

Sponsored

२०६४ को पहिलो संविधानसभा चुनावमा बाँके क्षेत्र नं १ बाट परियार विजयी भएका थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *