TodayPati

सप्तरीमा आफ्नै घरको छतबाट खसेर २ वर्षीय बालकको ज्यान गयो

टुडेपाटी-
सप्तरी, फागुन ५ गते ।

आफ्नै घरको छतबाट खसेर सप्तरीमा दुई वर्षीय बालकको मृत्यु भएको छ । डाक्नेश्वरी नगरपालिका-१० बनौला बस्ने खुशीलाल मण्डलका २ बर्षीय छोरा दीपक मण्डलको मृत्यु भएको हो

छतमा खेल्ने क्रममा अचानक लडेर गम्भीर घाइते भएका बालकलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्ताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको सप्तरी प्रहरीका प्रबक्ता भुवनेश्वर साहले जानकारी दिए ।

Sponsored

मृतक बालकको शवलाई पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पतालमै राखिएको प्रहरीले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *