TodayPati

रौतहटबाट २५ लाखको विदेशी घडीसहित खान सशस्त्र प्रहरीको फन्दामा

टुडेपाटी-
रौतहट, फागुन ५ गते ।

सशस्त्र प्रहरीले रौतहटमा २५ लाख मूल्य बराबरको विदेशी घडीसहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।रौतहटको गौर नगरपालिका ५ पोखरियाका १९ वर्षीय निजामुदिन खानलाई मंगलबार साँझ ७ बजे पक्राउ गरेको हो ।

ईशनाथ नगरपालिका ४ बाट गस्तीमा खटेको बोर्डर आउटपोष्ट रामपुरका सशस्त्र प्रहरी हवल्दार विनोद बुढाथोकीको कमान्डमा गएको टोलीले खानलाई पक्राउ गरेको सशस्त्र प्रहरी ११ नम्बर हेक्वाटर गौरका डीएसपी प्रमोद भारतीले जानकारी दिए ।

Sponsored

ना ३९ प ६७८३ नम्बरको स्पलेण्डर मोटरसाइकलमा भारतबाट नेपाल आउने क्रममा शंका लागेर खानमाथि चेकजाँच गर्दा १४ थान घडी बरामद भएको बरामद  उनले बताए ।

घडीको मूल्य २४ लाख ६३ हजार ३ सय र मोटरसाइकलको मूल्य ७५ हजार गरी कूल २५ लाख ४८ हजार ३ सय रुपैयाँ पर्न जान्छ । खानलाई कार्वाहीको लागि आज जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *