जानकी मेडिकल कलेजका एसोसिएट प्रोफेसर यादव पनि रिले अनशनमा
टुडेपाटी-
जनकपुरधाम, फागुन २ गते ।
धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेजका कर्मचारीको रिले अनशनमा चिकित्सकका साथै प्रोफेसहरुले समेत सहभागीता जनाउन थालेका छन् ।
कलेज प्रशासनसँग भएका सम्झौता तथा जायज माग सम्बोधन गर्न माग गर्दै आइतवार मेडिकलका एसोसिएट प्रोफेसर डा.सुदिप कुमार यादव समेत रिले अनशनमा बसेका छन् ।
कलेज परिसरमा लागातार २७ दिनदेखि दैनिक दुई जना कर्मचारी रिले अनशनमा बस्दै आएका छन् ।
गएको मंसिर २३ गते आन्दोलनरत कर्मचारी र कलेज प्रशासनबीच तीन बुँदे सहमति पश्चात कर्मचारीद्धय जानकी शरण यादव र कुललिप यादवले अनशन तोड्ने सहमती भएपछि कर्मचारीले आन्दालनको सम्पूर्ण कार्यक्रम आन्दोलित कर्मचारीले फिर्ता लिएका थिए ।
Sponsored
तर भएको सहमती कार्यन्वयन नगरेपछि बाध्य भएर फेरि आन्दोलनमा उत्रिनु परेको कर्मचारी हकहित संर्घष समितीका संयोजक उमेश यादवले बताए ।
केहि कर्मचारीमाथि पूर्वाग्रही तरिकाले कलेज प्रशासनले गरेको कारबाही फिर्ता लिनुनुपर्ने, ६ वर्षदेखिको संचय कोष र दशैंभत्तालगायतको हरहिँसाब दिनुपर्ने लगायतको मागसहित कर्मचारीहरु आन्दोलनमा उत्रेका हुन् ।
यस्तै तलब माग गर्दैै जानकी मेडिकल कलेजद्धारा संचालित सिटी अस्पतालका चिकित्सकहरु समेत आन्दोलित भएका छन् ।
लामो समयदेखि बाँकी रहेको तलब तुरन्त उपलब्ध गराउन माग गर्दै उनीहरुले आइतवार झण्डै दुई घण्टा ओपीडि सेवा बन्द गरेका थिए । तलब उपलब्ध गराइदिन भन्दै चिकित्सकहरुले गएको माघ ३० गते कलेजलाई पत्र लेखेका थिए ।