कोरोना संक्रमणबाट मलेसियामै मृत्यु भएका महोत्तरीका रामप्रतापका परिवारलाई आर्थिक सहयोग
टुडेपाटी-
जनकपुरधाम, फागुन २ गते ।
कोरोना भाइरस संक्रमणबाट मलेसियामा मृत्यु भएका महोत्तरीको औरही नगरपालिका–९ का रामप्रताप मुखियाका परिवारलाई आर्थिक सहयोग गरिएको छ ।
वैदेशिक रोजगारीको क्रममा खाडी मुलुक मेसिया बस्दै आएका मुखियाको गएको माघ ८ गते कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।
आर्थिक एवं पारिवारिक अवस्था एकदमै दयनीय भएका कारण मलेसियामा काम गर्दै आएका युवाहरुको एक ममुहले मुखियाको परिवारलाई सहयता स्वरुप ३६ हजार पाँच सय ४० रुपैँया नगद सहयोग गरेका हेल्प मधेसी मलेसियाका सह कोषाध्यक्ष समेत रहेका कमलेश मण्डलले जानकारी दिए ।
गएको माघ ३० गते औरही नगरपालिका–८ स्थित टिम्किया बस्ने धनीराम यादवले मलेसियाबाट युवाहरुले पठाएको रकम मुखियाकी श्रीमतीलाई हस्तान्तरण गरेका थिए ।
Sponsored
रोजगारीको क्रममा मलेसिया बस्दै आएका महोत्तरीका वैद्यनाथ यादव, नागेश्वर यादव, मुकेश यादव, कमलेश मण्डल, महेश यादव, रंजित महतो लगायतका युवाहरुले मलेसियामा रहेका नेपालीहरुबाट चंदा संकलन गरी सो रकम जुटाएका थिए ।
सहयोग रकम कमै भएपनि मुखिया परिवारलाई गुजारा गर्न केही सहयोग पुग्ने र अरु व्यक्तिहरुलाई समेत सहयोगको भावना जागुन भन्ने उदेश्यले सो रकम सहयोग गरेको चंदा संकलनकर्ता युवाहरुले बताएका छन् ।
आर्थिक अवस्था एकदमै दयनीय भएकाले मुखिया करिब ७ वर्षदेखि मलेसियामा रोजगारी गरी आफ्नो परिवार चलाइरहेका थिए । उनको दुई छोरी र एकजना छोरा छन् ।
मुखियाका छोराको शारिरिक अवस्था समेत राम्रो नरहेको बताइएको छ ।
बुवा र जेठा दाइ समेत रोगी भइ मृत्यु भएको अवस्थामा मुखिया परिवारलाई गुजारा गर्न समस्या भएको छ ।