TodayPati

प्रदेश २ : किर्ते हस्ताक्षर गरी मेयरलाई सघाएको आरोपमा हाकिमसहित तीन कर्माचारी गिरफ्तार

टुडेपाटी-
बारा, फागुन २ गते ।


किर्ते हस्ताक्षर गरेको आरोपमा बाराको सिम्रौनगढ  नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहित तीनजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा प्रमुख प्रशासकीय अधिकृत हरिओम प्रसाद जयसवाल, योजना शाखाका कर्मचारी जितेन्द्र यादव र लेखा अधिकृत सर्वेन्द्र चौधरी छन् ।

तीनैजनालाई नियन्त्रणमा लिई कारवाही प्रक्रिया अघि बढाएको बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

सिम्रौनगढ नगरपालिकाको गत असार २६ गते भएको नगरसभामा नगर प्रमुख विजयशंकर यादवलाई प्रमुख प्रशासकीय अधिकृतसहित तीनैजना कर्मचारी मिलेर माइन्युटमा कीर्ते हस्ताक्षर गरि सघाएको  अारोप छ ।

Sponsored

योजना शाखाका कर्मचारी जितेन्द्र यादव र लेखा अधिकृत सर्वेन्द्र चौधरीलाई ३ दिन अघि नै नियन्त्रणमा लिएको थियो भने प्रमुख प्रशासकीय अधिकृत हरिओम प्रसाद जयसवाल आइतबार अदालतमा उपस्थित भएका छन् ।

नगरप्रमुख यादव किर्ते हस्ताक्षर गराई नगरसभा सम्पन्न गरेपछि उपप्रमुख रिमा देवीको नेतृत्वमा नगर कार्यपालिकाका १७ जना सदस्यहरुले बारा जिल्ला अदालतमा मुद्दा दिएका थिए । मुद्दा परेपछि नगरप्रमुख यादव हाजिर भएर तारिखमा छुटेको उपप्रमुख यादवले जानकारी दिइन् ।

विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको  छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *