TodayPati

रौतहटमा खेतमा घाँस काटेको भन्दै एक महिलामाथि कुटपिट

टुडेपाटी

रौतहट, फागुन २९ गते ।

रौतहटमा एक महिलाले खेतमा घाँस काटेको आरोपमा निर्घातरुपमा कुटपिट भएको घटना सार्वजनिक भएको छ ।रौतहटको फतुवा विजयपुर नगरपालिकास्थित खेतमा प्रवेश गरी घाँस काटेको भन्दै फतुवा बिजयपुर ८ बजारटोलका रामप्रवेस साहले बडहरवाटोलका फिदाहुसेनको श्रीमती ५० बर्षिया मोगलपानी खातुनलाई निर्घात कुटपिट गरेका हुन् ।

Sponsored

साहले हात तथा उखुको लौरो बनाएर आफ्नो दुवै हात, तिघ्रा र संवेदनशील अङ्गहरुमा समेत प्रहार गरेको पीडित महिलाले बताएकी छन् ।

पीडित महिला अनुसार ४ दिन अघि अरुकै खेतमा घाँस काटेर आउने क्रममा रामप्रवेस साहले जबरजस्ती मेरो खेतमा किन गइस् भन्दै भुइँमा लडाएर कुटपिट गरेको उनले भनिन् ।

घटनाबारे ईलाका प्रहरी कार्यालय विजयपुरमा उजुरी  दिँदा पीडकबाट सामान्य उपचार मात्र गर्न लगाएर उन्मुक्ति दिइएको पीडित महिलाको आरोप रहेको छ ।

Sponsored

यता, प्रहरी निरीक्षक चन्द्रकिशोर साहले घटनाबारे आवश्यक अनुसन्धान भैइरहेको बताए ।

जिल्ला प्रहरी प्रमुख एसपी रविराज खड्काले महिला  कुटिएको घटनाबारे आफूले गम्भीरतापूर्वक लिएको र दोषी उम्कन नसक्ने आश्वासन दिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *