TodayPati

प्रदेश २ लाई विशेष प्रदेश घोषण गर्न माग गर्दै संघीय संसदमा नेकपा सांसद साहले उठाए यस्तो कदम

टुडेपाटी

काठमाडौ, फागुन २९ गते ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद प्रभु साहले प्रदेश-२ लाई ‘विशेष प्रदेश’ घोषणा गर्न माग गर्दै सङ्घीय संसद प्रतिनिधिसभामा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका छन्।

Sponsored

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंह, समाजवादी पार्टीका उमाशंकर अरगरिया र राजपा नेपालका लक्ष्मणलाल कर्णको समर्थनमा साहले उक्त सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका हुन्।

‘नेपालको प्रतिव्यक्ति आय १ हजार ४ अमेरिकन डलर रहेकोमा यस क्षेत्रका नागरिकको औसत आय अमेरिकन डलर ५ सय ७० मा सिमित रहनुपरेको छ, सबैभन्दा डरलाग्दो तथ्याङ्क यो छ कि, यस क्षेत्रको मृत्युदर पनि क्रमिक रूपमा बढ्दै गइरहेको छ’ प्रस्तावमा तथ्याङ्‍क उल्लेख गर्दै भनिएको छ, ‘सङ्‍घीय शासनप्रणाली लागू भएपश्चात नेपाल सरकारबाट घोषित नीति तथा कार्यक्रमअनुसार प्रदेश सरकारलाई प्राप्त अनुदान रकम खर्च हुन नसकी फ्रिज हुने क्रममा जारी नै छ, एक आर्थिक वर्षमा फ्रिज भएको रकम अर्को आािर्थक वर्षमा थप पठाउने अभ्यास पनि छैन।’

जातीय विभेद, गरिबी तथा पछौटेपनको रोगबाट आक्रान्त प्रदेश २ का नागरिकले मुक्ति पाउन नसकेको जनाउँदै सो प्रदेशका नागरिकको आयु वृद्धिका लागि आधारभूत स्वास्थ्य, शिक्षा र रोजगारी बढाउन पहल गर्नुपर्ने प्रस्तावमा उल्लेख छ।

Sponsored

साह नेतृत्वमा दर्ता गरिएको सार्वजनिक महत्त्वको प्रस्तावः

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *