TodayPati

अमेरिकाले १ महिनाका लागि बन्द गर्‍यो आफ्ना सबै उडान

एजेन्सी-

जनकपुरधाम, फागुन २९ गते ।

महामारीको रुप लिएको कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि भन्दै अमेरिकाले युरोपेली मुलुकबाट आफ्नो देशमा हुने सबै उडान एक महिनाका लागि बन्द गर्ने निर्णय गरेको छ ।

Sponsored

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बिहीबार बिहानै टेलिभिजन सम्बोधनमार्फत गरेको यो घोषणा ब्रिटेनको हकमा भने लागू नहुने बीबीसीले जनाएको छ।

इटलीलगायत युरोपेली मुलुकमा कोरोना संक्रमणले महामारी रूप लिँदै गएपछि अमेरिकाले यस्तो निर्णय गरेको हो।

उता इटलीले कोरोना संक्रमण बढ्दै गएपछि किराना र औषधिबाहेक सबै पसल बन्द गराएको छ।

Sponsored

इटलीमा स्कुल, व्यायामशाला, सङ्ग्राहलय, रात्रिक्लब र अन्य सार्वजनिक स्थल यसअघि नै बन्द गरिएका छन्।

त्यहाँ १२ हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ भने यसबाट ८ सय २७ जनाकाे मृत्यु भइसकेकाे छ। 

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *