TodayPati

सप्तरीमा आमाको क्रियामा विदेशबाट घर फर्केका युवक मृत फेला

टुडेपाटी-
जनकपुरधाम, असोज २ गते ।

सप्तरीमा आमाको क्रियामा विदेशबाट फर्केका एक युवको शव धानखेतमा फेला परेको छ । मृत फेला पर्नेमा सप्तरीको अग्नीसाईर कृष्णासवरण गाउँपालिका–६ मोहनपुरका २८ वर्षीय ईश्वर पोखरेल छन् । उनको शव आज बिहान पूर्व–पश्चिम राजमार्ग नजिकै महुली बजारदेखि तीन सय मिटर पूर्वतिरको शनि चौधरीको खेतमा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

स्थानीयले खेतको आलीमा मानिस ढलेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव पोस्टमार्टमका लागि गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा राखिएको छ । उनी हिजो मंलबार विश्वकर्मा पूजाको अवसरमा महुली बजारमा आयोजित सांस्कृतिक कार्यक्रममा पुगेपछि घर फर्केका थिएनन् ।

Sponsored

स्थानीयका अनुसार सोही कार्यक्रममा केही युवाहरूबीच झडप भएको थियो ।घटना विषयमा अनुसन्धान गरिरहेको र पोस्टमार्टम रिपोर्टले मृत्युको कारण खुल्ने सप्तरीका प्रहरी प्रवक्ता डिएसपी ढुंडीराज न्यौपानेले जानकारी दिए ।

१५ दिनअघि आमाको देहान्तपछि क्रियाका लागि पोखरेल वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका थिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *