मैथिल सेवा समाज कतार शाखाद्वारा धनुषाको विभिन्न स्थानमा विपन्नलाई कम्बल वितरण
टुडेपाटी-
जनकपुरधाम, माघ २५ गते ।
मैथिल सेवा समाज कतारले जाडोबाट बच्न धनुषाको विभिन्न स्थानमा गरिब तथा विपन्न परिवारलाई कम्बल वितरण गरेको छ ।
मिथिला विहारी नगरपालिका ४ रमौलमा १५ वटा, कजरामा १० वटा, धनुषाधाम नगरपालिका ४ जुगेश्वर टोलमा १० वटा र धनुषाधाम नगरपालिका ५ सिसमपुरमा १५ वटा कम्बल वितरण गरेको संस्थाका सचिव राजु यादवले जानकारी दिए ।
वैदेशिक रोजगारीमा कतार गएका युवाहरुले मिथिला सेवा समाज कतार शाखा स्थापना गरी चन्दा संकलन गरेर स्वदेशका गरिब तथा विपन्नहरुलाई बेला बेला विभिन्न प्रकारका सहयोग गर्ने गरेका छन् ।
संस्थाको कतार अध्यक्षमा रामबाबु शर्मा, उपाध्यक्षमा नवीन नदाफ, कोषाध्यक्षमा प्रमोद यादव लगायत छन् ।
Sponsored