महिला संघ प्रचण्ड–माधव समूहले संसद विघटनविरुद्ध ज्ञापनपत्र बुझाए
टुडेपाटी-
सप्तरी, माघ २५ गते ।
प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको विरोधमा अखिल नेपाल महिला संघ प्रचण्ड–माधव समूहले प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापनपत्र बुझाएको छ ।
महिला संघका प्रदेश अध्यक्ष एवम् रुवीकुमारी कर्णको नेतृत्वमा रहेको महिला संघको पदाधिकारीले प्रतिनिधिसभा विघटनविरुद्ध ज्ञापनपत्र बुझाएका छन् ।
अवसरमा प्रदेश सभा सदस्य प्रमिला यादव, सुनिता साह लगायतकाहरुको सहभागिता रहेको थियो ।