जसपाद्वारा जनकपुरमा प्रधानमन्त्री ओलीको पुत्ला जलाइयो
टुडेपाटी-
जनकपुरधाम, माघ २५ गते ।
जनकपुरमा जनता समाजवादी पार्टी (जसपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएको छ ।
प्रतिनिधिसभाको विघटन र संवैधानिक अंग, भूमि आयोगलगायतका नियुक्ति असंवैधानिक भएको भन्दै प्रधानमन्त्रीको पुत्ला जलाइएको हो ।
जनकपुरको जनक चोकमा आइतबार ‘असंवैधानिक नियुक्ति खारेज गर’, ‘संसद पुनस्स्थापना गर’ जस्ता नारा लगाउँदै ओलीको पुत्ला दहन गरेका हुन् ।
प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा पुत्ला जलाउँदै गरेका नेतारकार्यकर्ताहरूलाई प्रहरीले सामान्य बल प्रयोग गरेको थियो ।
पुत्ला दहन कार्यक्रममा जसपाका प्रदेश सांसदहरू परमेश्वर साह, रामआशिष यादव, केन्द्रीय सदस्य संजय चौधरीलगायतका नेता कार्यकर्ता सहभागी थिए ।
Sponsored