TodayPati

पर्सामा ९ किलो चरेससहित देवान पक्राउ, चरेस पेल्ने ३ वटा मेसिन बरामद

टुडेपाटी-
पर्सा, माघ २५ गते ।

पर्सामा लागुऔषध चरेससहित एकजनालाई पक्राउ परेको छ । पर्साको बहुदरमाई नगरपालिकाको वडा नम्बर ७ बस्ने ६० वर्षीय मुसलिम देवान रहेकालाई पक्राउ गरेको हो ।

प्रहरीले उनलाई ९ किलो २० ग्राम चरेस, ९ सय २० ग्राम चरेस बनाउँने लाषा र ३ वटा चरेस पेल्ने मेसिनसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक मनोजित कुँवरले जानकारी दिए ।

Sponsored

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको प्रहरी टोलीले देवानको घरमा छापामारी गरेर उक्त परिणामको लागुऔषध बरामद गरेको थियो ।

देवानले विक्री प्रायोजनाका लागि आफ्नो घरमा चरेस लुकाएर राखेको सूचनाको आधारमा छापामारी गरिएको डीएसपी कुँवरले बताए ।

घरको कोठा भित्र लुकाई छिपाई राखिएको आधा किलोको १२ पोका र २ सय ५० ग्रामको १२ पोका गरि ९ किलो २० ग्राम चरेस र ९ सय २० ग्राम चरेस बनाउँने लाशा र चरेस पेल्ने ३ वटा मेसिन फेला परेको उनको भनाइ छ ।

Sponsored

पक्राउ परेका देवानलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *