TodayPati

सवारी दुर्घटनामा बाघको मृत्यु भएपछि पर्सा निकुञ्जका सडकमै सेना परिचालन

टुडेपाटी-
पर्सा, माघ २५ गते ।

पर्सा राष्ट्रिय निकुञ्जले वन्यजन्तु जोगाउन सडकमै सेना परिचालन गरिएको छ । सडक दुर्घटनाबाट वन्यजन्तु बचाउन ‘गति सीमित’ लेखिएको प्लेकार्डसहित निकुञ्जसँग जोडिएको सडक खण्डमा सेना परिचालन गरेको हो ।

३ साताअघि पथलैयामा सडकखण्डमा भएको सवारी दुर्घटनामा एक पयस्क पाटे पोथी बाघको मृत्यु भएपछि निकुञ्जलेपथलैया-अम्लेखगञ्ज र पथलैया-निजगढ (तामागढी) सडक खण्डमा सेना परिचालन गरेको बताइएको छ ।

Sponsored

निकुञ्ज संरक्षणका लागि बसेको नेपाली सेनाको सिद्धबक्स गढसँगको समन्वयमा निकुञ्ज प्रशासनले सेनाको २ वटा समूह बनाएर बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सेनालाई सडकमा खटाएको हो ।

पर्सा राष्ट्रिय निकुञ्जमा सहायक प्रमुख संरक्षण अधिकृत तथा सूचना अधिकारी रमेश कुमार यादवले निकुञ्जसँग जोडिएको हाइवे खण्डमा सेनाको २ वटा समूह परिचालन गरिएको बताए ।

‘३ साताअघि सडक दुर्घटनामा बयस्क पाटे बाघको मृत्यु भएको भोलिपल्ट देखि हामीले यो कार्यक्रम सञ्चालन गरेका हौं, अब अर्को व्यवस्था नभएसम्म निकुञ्ज क्षेत्रभित्र पर्ने सडखण्डमा सेनाको २ वटा समूह खट्छ,’ यादवले भने ।

Sponsored

वीरगञ्‍ज भन्सार र औधोगिक करिडोरबाट छुटेका मालवाहक तथा यात्रुवाहक सवारी साधन अत्याधिक गतिमा गुड्दा वर्षेनी दर्जनौं वन्यजन्तुले पथलैया-अम्लेखगञ्ज सडकखण्डमा अकालमा ज्यान गुमाएका छन् ।

पर्सा राष्ट्रिय निकुञ्जको तथ्याकं अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म २ वटा दुर्लभसहित ७ वटा जनावरको सडकमै ज्यान गएको छ । यो तथ्यांक विगतका वर्षहरूमा झनै डरलाग्दो देखिएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *