धनुषामा टयाक्टरमा किचिएर १८ वर्षीय युवकको ज्यान गयो
टुडेपाटी-
जनकपुरधाम, माघ २३ गते ।
धनुषामा टयाक्टर दुर्घटनामा एक युवकको ज्यान गएको छ ।
लक्ष्मिनियाँ गाउँपालिका १ स्थित अरेरवामा बिहीवार अपराह्न टयाक्टरमा किचिएर १८ वर्षीय इन्द्रजित यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
माटो लिएर सिनरजोडाबाट अरेरबातर्फ जाँदै गरेको ज १ त ७९७७ नम्बरको टयाक्टरमा सवार भएका यादव लड्दा टेलरको चक्का टाउकोमै चढ्दा उनको मृत्यु भएको स्थानीयहरुले जनाएका छन् ।
टयाक्टर चालकलाई नियन्त्रणमा लिई शव पोष्टमार्टमकालागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
Sponsored