जनकपुरमा गोली प्रहार गर्ने प्रहरीलाई कार्वाहीको माग गर्दै प्रचण्ड–नेपाल समुहको यस्तो चेतावनी
टुडेपाटी-
जनकपुरधाम, माघ २३ गते ।
प्रचण्ड–नेपाल समुहको नेकपाले जनकपुरमा आमहडतालको क्रममा नेकपा नेता–कार्यकर्तामाथि पुर्वाग्राही भएर बल प्रयोग गरेको भन्दै त्यसको भर्तस्ना गरेको छ ।
धनुषा जिल्ला संघर्ष समितिले प्रदेश पार्टी कार्यालयमा जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनीहरुले दोषीलाई कार्वाही नगरे थप संघर्षको कार्यक्रम घोषणा गर्ने चेतावनी समेत दिएको छ ।
आन्दोलनकारीमाथि आश्रु ग्यास तथा गोली प्रहार गर्ने प्रहरीमाथि प्रचण्ड–नेपाल समुहले कार्वाहीको माग गरेको छ ।
प्रहरीले ५० औँ राउण्ड गोली, आँसुग्यास, लाठी प्रहार तथा ढुँगा प्रहार गर्दै केन्द्रिय नेताहरुलाई ज्यानमार्ने प्रयास गरेको संघर्ष समितिका संयोजक सुधिर प्रसाद साहको आरोप छ ।
Sponsored
बिहीवार जनकपुरस्थित शिवचोकमा भएको झडपमा पूर्व मन्त्रीद्वय मातृका प्रसाद यादव, रामचन्द्र झा, मेयर उदय बरबरिया, कारीराम यादव, प्रदिप साहलाई लगायतका आन्दोलनकारी घाइते भएका थिए ।
आमहडताल पुर्ण रुपमा सफल भएको भन्दै सबै पक्षलाई प्रचण्ड–नेपाल समुहले धन्यवाद समेत ज्ञापन गरेको छ ।