सप्तरीमा पनि आमहड्तालको प्रभाव
शुभ नारायण यादव-
सप्तरी,माघ २२ गते ।
नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड-नेपाल समूहले आयोजना गरेको बन्दका क्रममा सप्तरीको सदरमुकाम राजविराजसहित कठौना, कदमहा, कल्याणपुर, रुपनी, कञ्चनपुर, हनुमाननगर लगायतका ठाउँमा आमहड्तालले जनजीवन प्रभावित भएको छ ।
बन्दको कारण यातायात, शिक्षण संस्था, बजार, कलकारखाना, संघ सस्था,सरकारी कायाृलयमा समेत बन्दको प्रभाव परेको छ । संवैधानिक निकायमा भएको नियुक्ति लगायतका विषयलाई लिएर सो समूहले आज देशभर आमहड्तालको घोषणा गरेको थियो ।
बन्द गराउन विहानैदेखि नेकपा प्रचण्ड नेपाल समूहका जिल्ला अध्यक्ष अशोक कुमार मण्डल, प्रदेश सदस्य महेश प्रसाद यादव, पुर्वमन्त्री उमेश यादव, युवा संघका निरञ्जन झा, विनोद यादव, वडाध्यक्ष जयनारायण मण्डल लगायत नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।