TodayPati

जनकपुरमा आन्दोलनकारी र प्रहरीबीच झडप : दुई पूर्वमन्त्रीसहित २८ जना घाइते, ११ बन्दकर्ता गिरफ्तार

टुडेपाटी-
जनकपुरधाम, माघ २२ गते ।

नेकपाको प्रचण्ड नेपाल समूहले देशव्यापी रुपमा गरेको आज आमहड्तालको क्रममा
जनकपुरमा बन्दको प्रभाव न्यून देखिएपछि बन्द गराउन सडकमा उत्रिएका प्रदर्शनकारी तथा प्रहरीबीच झडप हुँदा दुई पूर्वमन्त्रीसहित दुई दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन् ।

जनकपुरधामस्थित शिवचोकमा बिहीबार दिउँसो बन्द गराउन पुगेका प्रदर्शनकारीहरुमाथि प्रहरीले बल प्रयोग गरेपछि झडप हुँदा दुई पूर्वमन्त्री, एक नगरपालिकाका प्रमुखसहित २८ जना घाइते भएका हुन् ।

Sponsored

प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा पूर्वमन्त्री रामचन्द्र झा, प्रहरी नायव निरीक्षक नागेन्द्र यादव, प्रहरी जवान लालबाबु राई, प्रदर्शनकारी कारीराम यादव र प्रदीप साह घाइते भएको र उनीहरुको उपचार प्रादेशिक अस्पताल जनकपुरधाममा भइरहेको छ ।

पूर्वमन्त्री झाको उपचारमा संलग्न चिकित्सकका अनुसार उनको टाउकोमा ६ वटा टाँका लागेको छ । अन्य घाइते हुनेमा पूर्वमन्त्री मातृका यादव, शहीदनगर नगरपालिकाका प्रमुख उदय बरबरिया, शिवकुमार गोइत, सुरेश कापर, रुपेश विराजी, उमेश कुमार साह, रञ्जित पाण्डे, अपराजय मण्डल, सुभाष मण्डल र विरजु विराजी रहेका छन् ।

प्रहरीतर्फका १५ जनालाई चोटपटक लागेको त्यसमध्ये दुईजना घाइते भएको धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले बताए ।

Sponsored

प्रहरीले ११ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । प्रदर्शन हुँदा प्रहरीले हवाई फायर र आश्रु ग्यास प्रहार गरेको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *