TodayPati

जनकपुरमा बन्दकर्ता र प्रहरीबीच झडप हुँदा मातृकाका भाइसहित ३ नेता घाइते, एक प्रहरीको अवस्था गम्भीर

नितेश यादव-
जनकपुरधाम, माघ २२ गते ।

आमहड्तालको क्रममा जनकपुरमा भएको नेकपाको प्रचण्ड-नेपाल समूहका बन्दकर्ता र प्रहरीबीच भएको झडपमा ३ जना नेता तथा कार्यकता घाइते भएका छन् ।

प्रदर्शनको क्रममा जनकपुरको शिव चोकमा भएको झडपमा नेकपाका नेता मात्रिका यादवका भाइ कारि यादवसहित अर्का प्रदर्शनकारी प्रदीप साह, नेकपा प्रचण्ड-नेपाल समूहका केन्द्रीय सदस्य रामचन्द्र झा घाइते भएका छन् । नेता झाको टाउकोमा आधा दर्जन टाका लागेको छ ।

Sponsored

त्यस्तै, सुरक्षाकर्मीको तर्फबाट पनि एकजना प्रहरी हवल्दार गम्भीर घाइते भएका छन् ।

प्रदर्शन रोक्नका लागि खटेका प्रहरी हवल्दार लालबाबु राय गम्भीर घाइते भएका हुन् । उनको प्रादेशिक अस्पताल जनकपुरमा सिटीस्क्यान भइरहेको बुझिएको छ ।

त्यस्तै प्रहरी आन्दोलन रोक्नका लागि केही थान अश्रुग्यास समेत फायर गरेको छ ।

Sponsored

नितीश यादव

उहाँ टुडेपाटीका समाचारदाता हुनुहुन्छ । facebook भेट्न सक्नु हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *