TodayPati

पर्सामा लागुऔषध सेवन गरेका भारतीय श्रीमानले गरे श्रीमतीको हत्या

टुडेपाटी-
पर्सा, माघ २२ गते ।

पर्सामा लागुऔषध सेवन गरेका श्रीमान–श्रीमतीबीच विवाद हुँदा पतिले पत्नीको हत्या गरेका छन् ।

भारतको बिहार पुर्वी चम्पारण थाना रामगढवा ग्राम चम्पापुर घर भई हाल पर्साको वीरगञ्ज महानगरपालिका–११ स्थित डेरा गरी बस्ने असरफ मियाँले श्रीमती बाराको जितपुर सिमरा घर भएकी २३ वर्षकी मनु थापा क्षेत्री भन्ने युनिका थापाको हत्या गरेका हुन् ।

Sponsored

असरफ र मनु दुवै लागुऔषध सेवन गरेको बेलामा उनीहरुबीच विवाद हुँदा असरफले मनुको हत्या गरेको प्रहरीले जनाएको छ । आफ्नै डेरा कोठामा घाँटी कसी मारेको जस्तो घाँटी वरीपरी डाम देखिएको अवस्थामा मनुको शव फेला परेको थियो ।

अनुसन्धानको क्रममा दुवैले लागुऔषध सेवन गरेको र सोही क्रममा आपसी विवाद हुँदा मनुको हत्या भएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक मनोजित कुँवरले जानकारी दिए । हत्या आरोपमा असरफलाई पक्राउ गरिएको उनले बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *