TodayPati

प्रहरीले लाठी चार्ज गर्दै खुलायो बर्दिवासको राजमार्ग, बन्दकर्ता घाइते

टुडेपाटी-
बर्दिवास, माघ २२ गते ।

महोत्तरीको बर्दिवासमा प्रहरीले लाठी चार्ज गर्दै राजमार्ग खुलाएको छ । आज बिहानैदेखि प्रचण्ड-नेपाल पक्षका नेकपाका नेता कार्यकर्ताहरुले पूर्व –पश्चिम राजमार्ग अन्र्तगत महोत्तरीको बर्दिबासमा राजमार्ग बन्द गराएका थिए ।

एसपी, डीएसपी नेतृत्वको टोलीले बल प्रयोग गर्दै राजमार्ग खुलाएको हो । प्रहरीले स्कटिङ्ग गरेर गणतब्य तर्फ सवारीसाधनलाई पठाइरहेका छन् ।

Sponsored

बर्दिबास बन्द गराउन नपाईने भन्दै केपी पक्षका कार्यकर्ता र स्थानीयहरुले नाराबाजी गर्दै बन्द सडक खुलाउन प्रहरीलाई दबाब दिएका थिए । ५ घण्टादेखि राजमार्ग बन्द खुलाउन प्रयासरत रहेका प्रहरी टोलीले त्यसपछि लाठी चार्ज गर्दै सडक खुलाएको हो ।

संसद विघटन र संवैधानिक आयोगहरुमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको असंवैधाननिक कदम विरुद्ध प्रचण्ड-माधव पक्षका नेकपाका कार्यकर्ताहरुले बर्दिबाससहित देशैभरी आमहड्ताल गरेको छ ।

प्रहरी र आन्दोलनकारी बीच भएको झड्पमा नेकपा प्रदेश २ का सदस्य शंकर महतो, बर्दिबास नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष चुडामणी पोखरेल, वडा सदस्य निरज अधिकारी, वडा नम्बर ३ का वडा अध्यक्ष राजन ढुङ्गाना लगायत घाइते भएका छन् । उनीहरुको हात, खुट्टा र टाउको चोट लागेको छ । वडा नम्बर ३ का अध्यक्ष ढुङ्गानाको टाउको फुटेको छ ।

Sponsored

बिहानैदेखि बन्दकर्ताले बर्दिबास बजार, कलकरखाना, शैक्षिक संस्थाहरु बन्द गराएका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *