सप्तरीमा एक महिला आफ्नै कोठामा झुन्डिएको अवस्थामा मृत फेला
टुडेपाटी-
सप्तरी, माघ १७ गते ।
सप्तरीको राजविराजमा एक महिला आफ्नै घरको कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् । शनिबार बिहान ७ बजेतिर राजविराज नगरपालिका ९ मलेठको कोलहट निवासी २७ वर्षिया निलमदेवी यादवको शव झुन्डिएको अवस्थामा फेला परेको हो ।
उनको शव उनी सुत्ने कोठामा सिलिङ फ्यानमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
मृतकको शव आवश्यक प्रक्रिया पुरा गरी पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पतालमा पु¥याई घटनाको विषयमा थप अनुसन्धान भइरहेको डीएसपी भुवनेश्वर साहले जानकारी दिए ।
बिहान आङणमै रहेको चुल्होमा खाना बसालेर कोठा भित्र छिरेकी उनी चुकुल लगाएर आत्महत्या गरेको स्थानीयले बताएका छन् । चुल्होमा खाना बसालेर कोठा भित्र छिरेकी उनी धेरै बेरसम्म बाहिर नआएपछि छरछिमेकले प्रहरीलाई खबर गरेका थिए ।
घटनाको खबर पाई पुगेको प्रहरी टोलीले भित्रबाट चुकुल लगाइएको थाहा पाएपछि ढोका फुटाउँदा निलम सिलिङ पंखामा कपडा बाँधेर पासो लगाएको अवस्थामा भेटिएका थिए ।
Sponsored
बैदेशिक रोजगारीका सिलसिलामा बाहिर रहेका उनका पति रामचन्द्र केही दिनअघि मात्र घर फर्केका थिए । स्थानियवासीका अनुसार अघिल्लो राती काम विशेषले बाहिर गएका उनी शनिबार घर पुग्दा पत्नि कोठाभित्र झुन्डिएको थाहा पाएका थिए ।
सप्तरीको रुपनी गाउँपालिका २ रायपुर माइती भएकी निलमको चारवर्ष अघिमात्र रामचन्द्रसँग विवाह भएको थियो । माइतीपक्षले भने घटना रहस्यमय भएको भन्दै सोको सुक्ष्म अनुसन्धान हुनुपर्ने माग गरेका छन् ।