भंगहामा मेयर गोल्ड कप सुरु, पहिलो खेलमा त्रिभुवन आर्मी विजय
टुडेपाटी-
महोत्तरी, माघ १७ गते ।
महोत्तरीको भंगाहा नगरपालिकामा आजबाट मेयर गोल्ड कप फुटवल प्रतियोगिता २०७७ सुरु भएको छ ।
एक समारोहबिच भंगहा नगरप्रमुख संजिव साहको अध्यक्षता तथा नेपाल फुटवल संघका केन्द्रिय अध्यक्ष कर्मा छिरिङ् सेर्पाको प्रमुख आतिथ्यमा खेलको उद्घाटन गरिएको हो ।
उद्घाटन समारोहमा प्रदेश २ का प्रहरी प्रमुख धिरज प्रसा सिंह, प्रदेश २ आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव काशीराज दहाल लगायतको उपस्थिति रहेको थियो ।
यस्तै शनिबार भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लव विजय भएको छ ।
त्रिभुवन आर्मी फुटवल क्लव र धरान फुटवल क्लव बीच भएको खेल बराबरी रोकिएपछी पेनाल्टी सुट आउटमा आर्मी बिजय भएको हो ।
पहिलो खेल त्रिभुवन आर्मी क्लव र धरान फुटवल क्लव बीच भएको खेलमा पेनाल्टीमा आर्मीका तर्फबाट ६ र धरानको तर्फबाट ५ गोल भएको थियो । धरान फुटवल क्लवको फितलो प्रदर्शन रहेको थियो भने खेल अवधी भरी त्रिभुवन आर्मी फुटवल क्लव हाबी रहेको थियो ।
Sponsored
आजबाट सुरु भएको मेयर गोल्ड कप २०७७ मा राष्ट्रिय स्तरका ८ वटा क्लवहरुको सहभागिता रहेको छ । फुटवल प्रतियोगितामा त्रिभुवन आर्मी क्लव(काठमाडोै), धरान फुटवल क्लव, नेपाल एपीएफ क्लव(काठमाडौं),सतासीधाम स्पोटिङ्ग क्लव(झापा), लेखनाथ युनाईटेड क्लव(पोखरा),वेङ्गखाडी यूवा क्लव(महोत्तरी), विजय यूथ क्लव(हेटौंडा), बागमती युवा क्लव सहभागी रहेका छन् ।
भंगाहा नगरपालिकाको आयोजना भएको यस प्रतियोगितामा प्रथम हुनेलाई ५ लाख पुरस्कार र दोस्रो हुनेलाई २ लाख पुरस्कार रहेको छ । खेलको म्यान अफ दि म्याच आर्मीका गोलकिपर विवस चौधरी भएका छन् । चौधरीले ५ हजार नगद र टर्फी सहित सम्मान गरिएको छ । भोली नेपाल एपीएफ क्लव(काठमाडौं) र सतासीधाम स्पोटिङ्ग क्लव(झापा) बीच हुनेछ ।