TodayPati

भ्रष्टाचारी ठ्हरेपछि चीनका नामी बैंकर तथा उद्योगपति सिओमिनलाई फासी दिइयो

टुडेपाटी-

जनकपुरधाम, माघ १७ गते ।

चीनका नामी बैंकर तथा उद्योगपति लाई सिओमिनलाई शुक्रबार मृत्युदण्ड दिइएको छ ।

Sponsored

भ्रष्टाचार गरेको पुष्टि भएपछि सिओमिनलाई मृत्युदण्ड दिइएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ ।

उनलाई कुन माध्यमबाट मृत्युदण्ड दिइयो भनेर केही खुलाइएको छैन। भ्रष्टाचारविरुद्धको अभियान अन्तर्गत उनले सजाय पाएका हुन् ।

सन् २०१८ मा गिरफ्तार भएका लाई सिओमिनमाथि दश वर्षको अवधिमा २८० मिलियन अमेरिकी डलर घुस लिएको आरोप लागेको थियो ।

Sponsored

घुस लिएको पुष्टि भएसँगै उनीमाथि तियानजिनको अदालतले गत जनवरी ५ मा मृत्युदण्डको सजाय दिएको थियो ।

अदालतले उनको अपराधले देशको हितमा ठूलो क्षति पुर्याएको बताएको थियो ।

सिओमिन चीनका वरिष्ठ अर्थशास्त्री थिए साथै उनी नामी बैंकर पनि थिए । उनले पिपुल्स बैंक अफ चाइनाको विभिन्न पदमा रहेर काम गरेका थिए ।

चिनियाँ अधिकारीहरुका अनुसार सिओमिनले चाइना हुवारोङ एसेट म्यानेजमेन्टको प्रमुख हुँदा घुस लिएका थिए । एजेन्सी

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *