TodayPati

सिरहाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ

टुडेपाटी-
जनकपुरधाम, माघ १४ गते ।

सिरहा प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको नरहा गाउँपालिका ३ चोहर्वा बस्ने बर्ष १९ का कृष्ण कुमार महतो रहेका छन् ।

प्रहरीले उनलाई बुधबार दिउँसो ३ बजे चोहर्वाबाटै बिक्री बितरण गर्नको लागि लगिरहेको अवस्थामा सानो १४ थान पोकामा ३२० मिलिग्राम लागु औषध ब्राउन सुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

Sponsored

गोप्य सूचनाको आधारमा प्रदेश २ प्रहरी कार्यालय जनकपुरको विशेष टोलि र इलाका प्रहरी कार्यालय गोलबजारको संयुक्त टोलीले चेकजाँचको क्रममा ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका महतोलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *