TodayPati

अख्तियारको छापा पश्चात जनकपुर यातायात कार्यालयको लाइसेन्स परीक्ष स्थगित

टुडेपाटी-
जनकपुरधाम, माघ १४ गते ।

यातायात व्यवस्था कार्यालय जनकपुरमा अख्तियारले छापा मारेपछि सवारी चालक अनुमति पत्रको सबै परीक्षा स्थगित भएको छ । कार्यालयले लाइसेन्सको लिखित तथा प्रयोगात्मक परीक्षा स्थगित गरेको हो ।

मंगलवार बेलुका अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टालिले ६ घण्टा कार्यालयमा छापामारी गरी २ लाख ७३ हजार ८ सय रुपैया घुस रकमसहित कार्यालयका सहयोगी र एक दलाललाई पक्राउ गरेको थियो ।

Sponsored

अख्तियारको छापा पश्चात कार्यालयले बुधवार माघ १४ गतेदेखि १६ गतेसम्म चालक अनुमति पत्रको हुने भनेको लिखित तथा प्रयोगात्मक परीक्षा कार्यव्यस्तताको कारण देखाउँदै अनिश्चित समयसम्मका लागि स्थगित गरेको हो ।

कार्यालयका निमित प्रमुख विरेन्द्र साहले एक सूचना प्रकाशित गरी कार्यव्यवस्तताको कारणले अर्को सूचना प्रकाशन नहुञ्जेलसम्मका लागि माघ १४ देखि १६ गतेसम्म हुने सम्पूर्ण लिखित तथा प्रयोगात्मक परिक्षा स्थगित गरिएको जनाएको छ ।

अख्तियारले कार्यालय सहयोगी भोगिन्द्र कापर र विचौलिया राजकिशोर भगतलाई रकम सहित नियन्त्रणमा लिएको छ भने घुस प्रकरणमा मुछिएका कार्यालयका कम्प्यूटर अपरेटर अनिल गिरी फरार रहेका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *