प्रदेश २ का मुख्यमन्त्री राउत बने यस वर्षको महामुर्ख
टुडेपाटी–
जनकपुरधाम, फागुन २६ गते ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत यसवर्षको महामूर्ख बनेका छन् । होली पर्वको अवसरमा मिथिला नाट्कला परिषदले प्रत्येक वर्ष एक विशिष्ट व्यक्तित्वलाई दिने महामुर्खको पदवी यसपटक मुख्यमन्त्री राउतलाई प्रदान गरेको हो ।
सोमबार दिउँसो जानकी मन्दिर प्रांगण्मा भएको महामुर्ख सम्मेलनमा उनलाई महामुर्ख घोषणा गरिएको छ । यस्तै पटमुर्खको उपाधि राजपाका प्रदेश सांसद मनिष सुमन, प्रदेश सांसद रामअशिष यादवलाई हराशंख, नेकपा प्रदेश सांसद रामचन्द्र मण्डल सिलौटा, राजपाका प्रदेश सांसद प्रमेश्वर साहलाई भभकौवा, जनकपुरधामकी उपमेयर रीता झालाई टुनमुसरी, पत्रकार महासंघ धनुषा शाखा अध्यक्ष अनिल मिश्रलाई लोढाशंकर, मैथली विकास कोषाका अध्यक्ष जिवनाथ चौधरीलाई घरघुसना, साहित्यकार रोशन जनकपुरीलाई बेलगोवना, युव अभियन्ता सुशील कर्णलाई बेश कुल्हैर, पिपरा नगरपालिका प्रमुख विक्रम चौधरीलाई खाप सुरत, पुनम झालाई अदलबदली, बलराम साहलाई बज्रकिट उपाधि प्रदान गरेको छ ।
मिथिलाको कला संस्कृतिलाई संरक्षण सम्बद्र्धन गर्ने उद्देश्यले मिनापले प्रत्येक वर्ष होली पर्वको अवसरमा जनकपुरधामममा हास्यव्यंग्य सांस्कृतिक कार्यक्रम महामुर्ख सम्मेलन गर्दै आएको छ ।
Sponsored
कुपोषण र शोषण जारी मधेश मे
I express congratulations to you all followers of HAPPY HOLI and best wishes for avoiding hatred and enmity existed among us and beginning of the newNess and freshness.