TodayPati

सुडानका प्रधानमन्त्री अब्दल्लालाई लक्षित गरी बम विस्फोट

एजेन्सी-
खार्तुम, फागुन २६ गते ।

सुडानका प्रधानमन्त्री अब्दल्ला हामडोकमाथि सुडानको राजधानी खार्तुममा आक्रमणको प्रयास भएको सुडानको सरकारी मिडियाले जनाएको छ। प्रधानमन्त्री चढेको सवारी साधनलाई लक्षित गरी राजधानी खार्तुममा विस्फोट गराइएको प्रहरीको जानकारी दिए ।

प्रधानमन्त्री हामडोकको परिवारका अनुसार प्रधानमन्त्री सकुशल र सुरक्षित रहेका छन्। सुडानको सरकारी टेलिभिजनले कार्यालयतर्फ जाँदा बाटोमा बम विस्फोटन गराइएको जनाएको छ। तत्कालै सुरक्षाकर्मीले उनलाई सुरक्षित स्थलमा लगेका थिए ।

Sponsored

उक्त आक्रमणको तत्काल कसैले पनि जिम्मेवारी नलिएको जनाइएको छ ।

प्रजातन्त्र समर्थकको चर्को दबाबबीच गत अगष्टमा हामडोक सुडानको प्रधानमन्त्री बनेका थिए। जनप्रदर्शन व्यापक बन्दै गएपछि सुडानको सेनाले गत अप्रिलमा तत्कालीन राष्ट्रपति ओमर अल बशीरलाई सत्ताच्यूत गरी सेनाले सत्ता आफ्नो हातमा लिएको थियो ।

महिनौंको छलफलपछि सेना र प्रजातन्त्रवादी आन्दोलनबीच गत अगस्टमा सत्ता साझेदारी गर्नेगरी सम्झौता भएको थियो। सम्झौता अन्तर्गत ११ सदस्यीय संयुक्त सैन्य नागरिक सार्वभौम परिषद स्थापना गरिएको थियो। यस परिषदले सुडानमा आगामी तीन वर्ष शासन सञ्चालन गर्ने र प्रधानमन्त्रीमा नागरिक प्रतिनिधिका रुपमा हामडोकलाई नियुक्त गर्ने सहमति भएको थियो।

Sponsored

तर सैन्य जनरलहरू देशको शासनसत्ता नागरिक नेतृत्वको प्रशासनलाई हस्तान्तरण गर्न त्यति इच्छुक देखिएका छैनन।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *