प्रदेश २ : ट्याक्टरबाट लडेर १२ वर्षीय बालकको मृत्यु, चालक यादव पक्राउ
टुडेपाटी-
राजविराज, माघ १२ गते ।
सप्तरीमा ट्याक्टरबाट लडेर एक बालकको मृत्यु भएको छ।
खडक नगरपालिका– ९ लालपट्टीस्थित कल्याणपुर–फुलबडीया हुँदै बनौली आवत–जाबत गर्ने भित्री सडक खण्डमा गुडिरहेको स १ त ७३८८ नम्बरको टयाक्टरबाट बालक लडेको प्रहरीले जनाएको छ ।
घटनामा सोही ठाउँका दुर्गा भगतको छोरा १२ वर्षीय विशाल भगतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
ट्याक्टरबाट खसी गम्भिर घाइते भएपछि उपचारका क्रममा मृत्यु भएको डिएसपी भुवनेश्वर साहले बताए ।
Sponsored
घाइते बालकको स्थानिय एडभान्स सुरक्षा अस्पताल कल्याणपुरमा प्राथमिक उपचार पश्चात थप उपचारको लागि राजविराज ल्याउने क्रममा बाटोमा मृत्यु भएको उनले जनाए ।
पोष्टमार्टमका लागि शवलाई गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको शव गृह ल्याइएको छ ।
ट्याक्टर र ट्याक्टर चालक खडक नगरपालिका– १० का २२ वर्षीय मुन्नाकुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ ।