स्थानीय तहका कर्मचारी प्रदेश र संघमा जान नपाउने
टुडेपाटी-
काठमाडौँ, माघ १२ गते ।
सरकारले स्थानीय तहमा कार्यरत कर्मचारीलाई प्रदेश वा संघमा आउन नदिने गरी कर्मचारी समायोजन मिलान मापदण्ड तयार गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार गरेको मापदण्ड अनुसार प्रदेशबाट संघमा पनि आउन मिल्ने छैन् ।
मन्त्रालयले हालै बनाएको यो मापदण्ड सातै प्रदेश र स्थानीय तहहरूमा पठाइएको छ।
तर तयार पारेको मापदण्डमा एक प्रदेशबाट अर्को प्रदेश, प्रदेशबाट स्थानीय तह र स्थानीय तहबाट अर्को स्थानीय तहमा समायोजन मिलान भने हुन पाउने उल्लेख छ।
Sponsored
प्रदेशबाट अर्को प्रदेश वा स्थानीय तहबाट अर्को स्थानीय तह समायोजन वा मिलान हुने हो भने सम्बन्धित निकायबाट अनिवार्य सहमति ल्याउनुपर्ने पनि मापदण्ड छ।
संघबाट प्रदेश वा स्थानीय तहमा समायोजन, मिलान गर्न गत भदौ १ गतेसम्म न्यूनतम सेवा अवधि तीन वर्ष बाँकी भएको हुनुपर्ने मापदण्डमा उल्लेख छ ।