रौतहट र बारामा भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु
टुडेपाटी-
जनकपुरधाम, माघ ११ गते ।
रौतहट र बारामा भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
रौतहटको यमुनमाई गाउँपालिकामा गएराति ट्याक्टरमा र भ्यान ठोक्किँदा भ्यानको चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको गरुढा नगरपालिका ९ का राजेश कुमार सहनी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
ना।१ ज ४८९५ नम्बरको भ्यानमा ना। ५ त ९२८३ नम्बरको ट्याक्टर ठोक्किएर उक्त दुर्घटना भएको र घटना विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
यस्तै बाराको परवानीपुर गाउँपालिका ४, चैनपुरमा गएराति ट्रकको ठक्करबाट भारतीय नागरिकको मृत्यु भएको छ ।
प्रदेश ३ ०३०००१ ख ०००९ नम्बरको ट्रकले पैदल यात्री भारतीय नागरिक चन्दन गुप्तालाई ठक्कर दिँदा गम्भीर भइ उपचारको क्रममा वीरगञ्जस्थित वयोधा अस्पतालमा मृत्यु भएको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
Sponsored