TodayPati

नेकपा प्रचण्ड–माधव समूहले प्रधानमन्त्री ओलीलाई पार्टीबाट निकाल्यो

टुडेपाटी-
काठमाडौं, माघ ११ गते ।

प्रचण्ड–माधव नेतृत्को नेकपाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीबाट निस्कासन गरेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको स्थायी समितिको बैठकले ओलीलाई साधारण सदस्यताबाट समेत हटाउने निर्णय गरेको हो ।

यसअघि पार्टीको केन्द्रीय समितिको बैठकले अध्यक्षको जिम्मेवारीबाट मुक्त गरिएका केपी शर्मा ओलीलाई केन्द्रीय कमिटिको बैठकले दिएको अधिकार प्रयोग गर्दै पार्टीको साधारण सदस्यताबाट समेत हटाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

Sponsored

ओलीलाई अध्यक्ष पदबाट हटाएपछि पनि संविधान, लोकतन्त्र, राष्ट्र, जनता र पार्टीको विचार, नीति र पद्दति र हितकाविरुद्ध लगातार गतिविधि गरेका कारण साधारण सदस्यताबाटै हटाएको प्रवक्ता श्रेष्ठले बताए ।

माघ २ गते बसेको नेकपाको स्थायी समिति बैठकले प्रधानमन्त्री ओलीलाई साधारण सदस्यबाट किन नहटाउने भनेर तीन दिनको म्याद दिएर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

सोही निर्णय बमोजिम माघ ५ गते स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे, नेता मुकुन्द न्यौपाने र कार्यालय सचिव श्रीराम ढकालले प्रधानमन्त्री निवास बालुवाटारमा लगेर स्पष्टीकरण पत्र बुझाएका थिए ।

Sponsored

उक्त अवधिमा पनि प्रधानमन्त्री ओलीले स्पष्टीकरण नबुझाएपछि बैठकले कारबाही गरेको प्रवक्ता श्रेष्ठको भनाइ छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *